काठमाडौं, असार २० ।
काठमाण्डौ उपत्यका सहित देशका बिभिन्न स्थानमा अहिले भारी बर्षा भइरहेको छ । न्युनचापीय क्षेत्रको विकास सँगै मनसुन सक्रिय भएपछि देशका विभिन्न ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्बानुमान महाशाखाले जनाएको छ ।
बर्षा भएसंगै पूर्वको कोशी र पश्चिमको बबइ नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बडेपछि सचेत हुन स्थानीय बासिन्दालाई आग्रह गरिएको छ । चतराको कोशी र गुलरियाको बबइ नदीमा पानीको बहाव बढेको जल तथा मौसम पुर्बानुमान महाशाखाले जनाएको छ ।
यसैबिच
मनसुन सक्रिय भएसंगै पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको हाम्रा सहकर्मीले जनाएका छन । वर्षा केहीदिन लम्बिन सक्ने मौसविदहरुले बताएका छन ।
महाशाखाका खनुसार पश्चिमी क्षेत्रको तुलनामा काठमाडौ सहित मध्य तथा पूर्वी क्षेत्रमा भने कम वर्षा हुने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline