काठमाडौं, २० असार ।
संविधानसभाको बैठक अहिले बसीरहेको छ ।संविधानसभा भवन नयाँबानेश्वरमा जारी बैठकमा आज पनि संविधानको प्रारम्भिक मस्यौदामाथि सभासदहरुले धारणा राखीरहेका छन ।
केहि दिन मस्यौदा माथि छलफल भएपछि संविधान सभाले सुझाव संकलनका लागि जनता माझ लैजाने तयारी गरेको छ । मस्यौदा माथि बोल्नका लागि नाम टिपाएका सभासदको संख्याका आधारमा छलफल भइरहेकाले छलफल अझै केहि दिन जारी रहने संबिधान सभा सचिवालयले जनाएको छ ।
आगामी साउन १५ भित्र संविधान जारी गर्ने आन्तरिक तयारी रहेकाले मस्यौदामाथि संविधान सभामा छलफल सकेपछि राजपत्रमा प्रकाशित गर्ने सचिवालयको तयारी छ ।
यसैबिच मधेशबादी चार दलले संबिधान सभा बैठक बहिस्कार गरेका छन । संघीय समाजवादी फोरम नेपाल सहितका चार दलले बैठक बहिष्कार गरेका हुन ।
बैठकको सुरुमै विशेष समय लिएर बोल्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले मस्यौदा माथिको छलफल आफूहरुका लागि अर्थहीन भएको बताउदै बैठक बहिष्कार गर्ने घोषणा गर्नुभएको थियो । घोषणासँगै चारदलका सभासदहरु बैठकबाट बाहिरिएका छन ।