काठमाडौं, २० असार ।
जंगली च्याए खाएर दाङको मानपुर –३ जद्राहामा ५० जना गाउँले विरामी परेका छन् ।
हिजो दिउँसो तुलसीपुर नगरपालिका हजवार नजिक पर्ने कालाखोला जंगलमा पात टिप्न गएका उनीहरुले जंगली च्याउ घरमा ल्याई पकाएर खाएपछि विरामी परेको जद्राहा गाउँका स्थानिय विराज चौधरीले जानकारी दिनुभएको छ ।
उहाँले आफनो घरका मात्रै चार जना विरामी परेको समेत बताउनुभएको छ । चौधरीका अनुसार विरामी पाँच जनाको भेरी अंचल अस्पतालमा अहिले उपचार भइरहेको छ ।
तर गंभिर विरामी परेका २० जनाको भने कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सबै विरामीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ । अन्य २५ जना भने सामान्य उपचार पछि घर फर्किएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline