आज देखि पश्चिमी क्षेत्रमा भारी वर्षा हुने

आज देखि पश्चिमी क्षेत्रमा भारी वर्षा हुने

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २० असार ।  न्युनचापीय क्षेत्रको विकास सँगै मनसुन सक्रिय भएपछि आजदेखि पश्चिमी क्षेत्रमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा केहीदिन लम्बिन सक्ने मौसाविदहरुले बताएका छन् ।

महाशाखाका खनुसार पश्चिमी क्षेत्रको तुलनामा काठमाडौ सहित मध्य तथा पूर्वी क्षेत्रमा भने कम वर्षा हुने अनुमान गरिएको छ ।

न्युनचापीय रेखा पूर्वी भागमा भन्दा पश्चिमतिरको फुट हिल अफ द हिमालयमा रहेकाले उक्त क्षेत्रमा भारी वर्षाको संभावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनु भयो ।

अर्यालका अनुसार पूर्वी क्षेत्रमा भन्दा पश्चिम क्षेत्रमा मनसुन औसत भन्दा माथि छ । १० दिनअघि पनि सुदुरपश्चिममा भारी वर्षा भएको थियो । भारतीय मौसमी गतिविधि सुदुरपश्चिम प्रवेशसँगै भएको वर्षाका कारण सुदुरपश्चिममा बाढी र पहिरो आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी