भूकम्पले क्षति पु¥याएका संरचना पुर्ननिर्माणको काम सुरु भयो: मन्त्री सिंह

भूकम्पले क्षति पु¥याएका संरचना पुर्ननिर्माणको काम सुरु भयो: मन्त्री सिंह

  • शनिबार, असार १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, १९ असार ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पले क्षति पु¥याएका पुराना संरचना पुनः निर्माणको काम सुरु भएको बताउनुभएको छ ।

गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पले क्षति पु(याएको काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयमा कोरियाको ‘सिन्वा पिडब्लु एम’ले बनाइदिएको विद्यालय हस्तान्तरण गर्न आज बिहान त्यहाँ आयोजित समारोहमा उपप्रधानमन्त्री सिंहले भूकम्पबाट क्षति पु¥याएको क्षेत्रको पुनः निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो ।

मन्त्री सिंहले नेपालीको दुःखमा मित्रराष्ट्रले गरेको सहयोगको प्रशंसा गर्दै कोरियन कम्पनीलाई धन्यवाद दिनुभयो ।

शिक्षा मन्त्रालय शैक्षिक व्यवस्थापन महाशाखाका प्रमुख डा लवदेव अवस्थीले आगामी तीन–चार महिनाभित्रै भूकम्पले क्षति पु(याएको क्षेत्रको पुनः संरचनाका साथै विद्यालयमा विपद्को बेलामा आश्रयस्थल समेत उपलब्ध हुने खालको बनाउन लागेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी