प्रारम्भिक मस्यौदा विभेदकारी भएकोले च्यातियोः यादव

प्रारम्भिक मस्यौदा विभेदकारी भएकोले च्यातियोः यादव

  • शनिबार, असार १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ, १९ असार ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभामा पेस गरिएको प्रारम्भिक मस्यौदा विभेदकारी भएको धारणा राख्दै त्यसैले च्यातिएको बताउनुभएको छ ।

सङ्घीय प्रेस युनियन कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको मस्यौदाले विगतमा भएका सम्झौतालाई बेवास्ता गरी मुलुकलाई गलत बाटोमा लैजाने विचार व्यक्त गर्नु भयो ।

अध्यक्ष यादवले फास्ट ट्रयाकको माध्यमबाट नयाँ संविधान घोषणा गर्ने नाममा नेपाली जनतालाई धोका दिएर आफ्नो स्वार्थ पूरा गर्ने तरिकाले गलत विधि अपनाइएको आरोप लगाउनुभयो ।

उहाँले जबर्जस्ती गणितीय हिसाबले नयाँ संविधान घोषणा गरिएमा जनताका लागि यो स्वीकार्य नहुने र यसको सशक्त विरोधका लागि आफ्नो पार्टीले सडक सङ्घर्ष गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी