काठमाण्डौ,१८ असार ।
म्याग्दीमा बिषालु च्याउ खादा १२ जना गम्भीर बिरामी भएका छन । बेनी नगरपालिका–१ रत्नेचौरमा कुलो निमार्ण गर्दै आएका चितवनका १२ जना मजदुरले जंगलबाट ल्याएको बिषालु च्याउ खादा गम्भीर बिरामी परेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
हिजो बिहानै च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरुलाई साझ ५ बजे मात्र उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ र्पुयाइएको थियो ।
धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार हुन नसेकपछि थप उपचारका लागि पोखरा लगिएको थियो । गम्भीर अबस्थामा उनीहरुको उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline