अछाममा २ वटा फरक फरक स्थनमा २ वटा लाश बेवारीसे अवस्थामा फेला

अछाममा २ वटा फरक फरक स्थनमा २ वटा लाश बेवारीसे अवस्थामा फेला

  • शुक्रबार, असार १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

१८ असार, अछाम

अछाम जिल्लाका २ फरक फरक ठाउमा २ वटा लाश बेवारीसे अवस्थामा फेला परेका छन् । ढकारी वडा नम्वर ९ भएकी बुद्धी टमट्टा नाम गरेकी १६—१७ बर्षीय महिलाको लाश जिल्लाको घोडासैन गावीस वडा नम्वर ५ को सुनकेसरी भन्ने जंगलमा बेवारीसे अवस्थामा हिजो फेला परेको हो भने कैलालीको लम्की घरभई भारतको राजस्थान काम गर्ने कृष्णप्रसाद उपाध्यायको अछाम तोषी गाविस स्थित तितौडाको लेकमा रहेको त्रिपुरेश्वरीमाई मन्दिर नजिक बुधबार बेलुकी उनको बेवारीसे अवस्थामा शव फेला परेको हो ।

मृतक महिला एक महिना अगाडी देखी मानीसक सन्तुलन गुमाईएकी जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मानसीक अवस्था ठिक नभएको अवस्थामा नै उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यता आठ दिन अघि राजस्थान जयपुरमा आफ्ना ससुरालीको कोठाबाट घरबाट फोन गरी मृतक उपाध्यायले आफु सकुसल रहेको र जागिर पनि पाइसकेको छोरालाई जानकारी दिएका थिए । आफु नेपाल आउने कुनै कुरा नगरेको र एक्कासी मृत फेला परेको खबरले अचम्ममा परेको मृतकका श्रीमती बिमकला उपाध्यायले जानकारी दिनुभयो ।

बिमकलाले घटना रहस्यपुर्ण भएकोले कसैले मारेको हुनसक्ने भन्दै प्रहरीलाई गहिरो अनुसन्धान गर्न आग्रह गरेकी छन् । पुर्खौयौली घर अछाम घोडासैन भएपनि मृतक उपाध्याय गाउमा समेत नआएको आफन्तहरुको भनाई छ । विजौरा ९ मा स्थायी ठेगाना भएपनि उपाध्याय परिवार हाल बलिया गाविसको लम्कीमा बस्दै आएको छ । २ वटै लाशलाई पोस्टमार्टका लागी जिल्ला अस्पतालमा राखीएको प्रहरी नायव उपरिक्षक दिलिपसिंह देउबाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी