वैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा ढकाल विजयी

वैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा ढकाल विजयी

  • शुक्रबार, असार १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ,१८ असार ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विमल ढकाल विजयी हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी सरोजकुमार पोखरेललाई २४ मतले पराजित गर्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका ढकाल अध्यक्षमा विजयी हुनु भएको हो । ढकालले २३७ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचनबाट मिश्रति परिणाम आएको छ । प्रथम उपाध्यक्ष र कोषाध्यक्षमा दकाल समुह बिजयी भएको छ । अन्य पदाधिकारीमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका विजयी भएका छन ।

प्रथम उपाध्यक्षमा कुमुद खनाल ्, द्वितीय उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी विजयी हुनुभएको छ  । संघको महासचिवमा रोहन गुरुङ , सचिवमा मञ्चकै राजेन्द्र भण्डारी र कोषाध्यक्षमा प्रतिमा महर्जन विजयी हुनु भउको छ ।

संघको २३ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति सदस्यहरू  रमिला ताम्राकार, शुक्र पाख्रिन, सचिन शेरचन, सरस्वती गुरुङ विजयी , तेजुमाया लिम्बू, पुष्पराज चौलागाइ,  चेतुबाबा पोखरेल, दीपक सिंजाली, सोमबहादुर तामाङ, र प्रकाश आचार्य सदस्यमा निर्वाचित  भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी