काठमाण्डौ,१७ असार ।
राजधानीको वसन्तपुरस्थित कुमारीघरमा जीवित देवी कुमारीको दर्शन सर्वसाधारणलाई आजदेखी पुनः खुला गरिएको छ । बिनासकारी भुकम्प र त्यसपछिका पराकम्पनका कारण त्यस क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न कडाइ गरिएको थियो ।
भूकम्पपछि कुमारी घर जोखिममा परेकाले केही साता कुमारीको समेत बसाइ सार्नु परेकाले सर्वसाधारणलाई दर्शन बन्द गरिएको थियो । भूकम्पअगाडि कुमारीले आफ्नो आसनमा बसेर भक्तजनलाई दर्शन दिने व्यवस्था रहेकामा अहिले पनि सोही परम्परालाई निरन्तरता दिइएको छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष एवम् कुमारीको रेखदेख गर्दै आउनुभएका गौतमरत्न शाक्यले बिहान ७ देखि ९ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म त्यहाँ आउने भक्तजनलाई औपचारिकरुपमा दर्शनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline