काठमाण्डौ,१७ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारीलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको छ ।
पश्चिमान्चल क्षेत्रीय कार्यालय पोखराको सम्पर्क कार्यालय बुटवलको टोलीले यातायात व्यवस्था कार्यालयका नायब सुब्बा यादव केसी खड्कालाई आज पक्राउ गरेको हो ।
सवारी चालक अनुमति पत्रको प्रतिलिपि बनाउन सेवाग्राहीबाट ६ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक सुदन सिं बस्नेतले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline