काठमाडौं, १७ असार ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् ।
यसैक्रममा आज बिहानै भूकम्पका दुई ओटा पराकम्प गएका छन । आज विहान ७ बजेर ४१ मिनटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको शक्तिशाली पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले छ ।
त्यसअघि बिहान ५ बजे २६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको केन्द्रले जनाएको छ ।
यसअघि हिजो दिउँसो ३ बजेर ३४ मिनेट जाँदा नुवाकोट र रसुवाको सीमा क्षेत्र केन्द्रबिन्द बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका ३ सय ४० भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
