ड्रग्स कारोबारमा मानव अधिकार आयोगकी प्रवक्ता अन्सारीको पारिवारिक संलग्नता

ड्रग्स कारोबारमा मानव अधिकार आयोगकी प्रवक्ता अन्सारीको पारिवारिक संलग्नता

  • बिहिबार, असार १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, १७ असार ।

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको लागुऔषध ब्राउन सुगरको कारोबारमा पारिवारिक संलग्नता रहेको देखिएको छ ।

गत बैसाख १२ गते भुकम्पमा परि त्रिपुरेशवरको भद्र जेल भत्किदा मृत्यु भएको १६ जना कैदीमध्येका एक कैदी मोहमद अहमद अन्सारीका आयोगकी प्रवक्ता मोहनाका एक भाइ पनि रहेका थिए ।

गत बैसाख १२ गते शक्तिसाली भुकम्पमा परि भद्र जेलमै मृत्यु हुनेहरुको कैदीको नामावली सुचिमा प्रवक्ता मोहनाको भाइको नाम पहिलो नम्बरमा छ । उक्त सुचिमा उनको उमेर २२ बर्ष, ठेगाना बँके आदर्श नगरपालीका १६ र मुद्दा लागुऔषध कारोबार उल्लेख गरिएकनो छ ।

यस्तै काठमाडौं ,जिल्ला अदालतका माननीय न्यायाधीश योगेन्द्र प्रसाद शाहका एकल इजलासबाट २०७१ फागुन १३ गते भएको फैसलामा प्रतिवादीको छोरा बाँके जिल्ला नेपागञ्ज नगरपालीका वडा नम्बर १३ आर्दशनगर घर हुने बर्ष २४ को मोहमद अहमद अन्सारी भनिएको छ ।

अनसारी गत २०७० साल असार २६ गते १० ग्राम ब्राउन सुगरसहित काठमाडौ नगरपालीका ३४ बाट निराजन शाहसंगै पक्राउ परेका थिए । अन्सारीसंगै पक्राउ परेका निराजन शाहले आफुलाइ अन्सारीले नेपालगञ्जमा २ठ हजार रुपैयाँमा १४ ग्राम ब्राउन सुगर बिक्रि गरेको साबिती बयान दिएपछि अन्सारी कारोबारी नै भएको स्पष्ट भएको थियो ।

अन्सारीले mलागु औषध खैरो हिरोइन खरिलबिक्रि, सञ्चय र ओसारपसारसमेत गरेको पुष्टि भएपछि अदालतले उनलाइ पाँच बर्ष कैद पाँच हजार रुपैयाा जरिवाना गरेको थियो ।

१२ गतेको भुकम्पमा परि मृत्यु भएको अन्सारीको १३ गते उत्खनन गरिएपछि पोष्टमाटम सकेर मोहनाले १५ गते भाइको लास बुझेर आफ्रनो गृहनगर नेपालगञ्ज लगेर आफ्नो धामिृक परम्परा अनुसार अन्मि संकार गरेर फर्किकी तिइन ।

तर जेलमा निधन भएका मोहमद अहमद अन्सारीको नातासमबन्धबारे सोध्दा मोहनाले घुमाउरो पारमा आफ्नो भाई भएको स्विकार गरेकी थिइन । भाइ जेल परेको बारेमा बुझ्न खेज्दा उनि रातो पिरो भएर स्पष्ट जवाफ दिन भने चाहिनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी