लिपुलेक सम्झौताबारे स्पस्ट पार्न संसदको निर्देशन

लिपुलेक सम्झौताबारे स्पस्ट पार्न संसदको निर्देशन

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाण्डौ,१६ असार ।

व्यवस्थापिका संसदले लिपुलेकमा नेपाली भूमि मिचिएको बारे यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको संसदको बैठकमा सभासदले सम्झौताका बारेमा सरकार मौन बसेको भन्दै चर्को विरोध गरेपछि सभामुख सुबास चन्द्र नेम्वाङले भोली बस्ने बैठकको सुरुमै सो बारेमा जानकारी गराउन निर्देशन दिनुभएको हो ।

यस्तै र्बैठकमा बोल्दै एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्माले नेपाललाई जानकारी नै नगराई भारत र चीन विच नेपालको लिपुलेक हुँदै व्यापारीक मार्ग निर्माण गर्ने सम्झौता भएपनि सरकार मौन रहनु आपत्तिजनक भएको बताउनुभयो । त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिपुलेक सम्झौतका बारेमा बुझ्न संसदिय समितिले निर्देशन दिँदा समेत सरकार मौन रहनुले सरकारको औच्यितमाथिनै प्रस्न उठेको बताउनुभयो ।

यसैगरि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्तामा टिकिरहने लोभका कारण सरकारले लिपुलेकका बारेमा केहि नबोलेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी