काठमाण्डौ,१६ असार ।
सरकारका मुख्य सचिब लिलामणी पौड्यालले दबाबमा परेर अनावश्यक काममा बजेट खर्च नगर्न निर्देशन दिनुभएको छ ।
पर्वत जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई आज निर्देशन दिँदै मुख्य सचिब पौडेलले आर्थिक बर्षको अन्त्यमा अनावश्यक काममा बजेट खर्च नगर्न र काम हुन नसकेको बजेट फ्रिज गर्न निर्देशन दिनुभएको हो ।
आर्थिक वर्षको अन्त्यमा काम सम्पन्न नभएपनि रकमान्तर गर्ने र अन्य खातामा रकम निकासा दिएर पछि काम सकेका ठेकेदार र उपभोक्तालाई भुक्तानी दिँइदै आएकोमा अब असार २५ पछि कुनै पनि रकम निकासा नदिन निर्देशन दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline