पुर्बका बिभिन्न जिल्लाका बस्ती डुबानमा

पुर्बका बिभिन्न जिल्लाका बस्ती डुबानमा

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

 

काठमाण्डौ,१६ असार ।

अविरल वर्षाको कारण पुर्बका बिभिन्न जिल्लाका बस्ती डुबानमा परेका छन । मोरङको बक्राहा खोलामा आएको बाढीले चार बडा डुबानमा पर्दा करीब २०० परिवार बिस्थापित भएका छन ।

बक्राहा खोलाको बाढी गाउँ पसेपछि मधुमल्लाका चार वटा वडा डुबानमा परेका मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । बिहान २ बजे बक्राहा खोलाको बाध फुट्दा वडा नं. ४, ५, ६ र ८ डुबानमा परेका हुन ।

डुबानमा परेका बस्तीलाई सुरक्षित स्थानमा सारीएको छ । यस्तै बक्राहा खोलाले बगाउँंदा मधुमल्लाका चार वर्षीय  शिशिर थापाको मृत्यु भएको डिएसपी प्रभुप्रसाद ढकालले बताउनु भयो ।

यस्तै झापामा ५० परिवार विस्थापित भएका छन । बिरिङ खोलाको बाढीले डाँगीबारी र खुदनाबारीका केही वस्ती डुबानमा परेका हुन् । ती क्षेत्रबाट ५० परिवार विस्थापित भएका छन् । मेची खोलामा आएको बाढीले पनि आसपासका बस्ती डुबानमा परेका छन् ।

यस्तै झापाको दमक जाने क्रम बिहान रतुवा खोलाको बाढीले बगाएर इलाम चुलाचुली ६ का ४८ वर्षीय फूर्वा शेर्पाको मृत्यु भएको छ । त्यस्तै माइखोलाको बाढीले बगाएर महमाई ९ का बर्षिय सूर्यकुमार राई वेपत्ता भएका छ् । बेपत्ता राईको खोजी भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी