जलवायु परिवर्तनले पानीको मुहान सुक्यो : नास्ट

जलवायु परिवर्तनले पानीको मुहान सुक्यो : नास्ट

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

१५ असार, प्यूठान ।
जलवायु परिर्वतनले प्यूठान जिल्लामा अधिकांश पानीका मुहान सुक्ने र मानव जीवनमा जटिल प्राकृतिक असर देखिन सुरु भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्टले) निस्कर्ष निकालेको छ

प्यूठानमा जलवायु परिवर्नतले खानेपानीको मुहान सुक्दै जाादा पानीको हाहाकार हुने तथा पानीका मुहान नै नपाइने गरेको नास्टले जनाएको छ । पछिल्लो तीन दिनमा नास्टले जिल्लामा जलवायु परिवर्तनले पारेको असरका विषयमा अध्ययन गर्दा जिल्लामा सबैभन्दा धेरै पानीको मुहान सुक्ने समस्या देखिएको नास्टका वैज्ञानिक अधिकृत पवन न्यौपानेले बताउनु भयो ।

जिल्लाका ६ गाविसमा जलवायु परिवर्तनको स्थानीय अनुकूलन योजना निर्माण भएको भन्दै नास्टका सचिव लक्ष्मीबुद्धिरत्न खड्काले त्यसको कार्यान्वयनमा समुदाय नै सक्रिय हुनुपर्ने बताउनु भयो ।

उहााले प्रविधि प्रज्ञा–प्रतिष्ठानले जलवायु परिवर्तनको कारण यस क्षेत्रमा पारेको असरका विषयमा छोटो अध्ययन गरेको भन्दै जिल्लामा यसको विस्तृत अध्ययनसागै यस क्षेत्रसाग सम्बन्धित सरोकारवालासाग नियमित छलफलको आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी