काठमाण्डौ,१५ असार
सुदूरपश्चिममा पनि बिभिन्न कार्यक्रम गरि धान दिबस मनाईएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिईने असार १५ लाई आज कैलाली अत्तरीयामा भब्य रुपमा मनाइएको छ । नेपाल किसान सघ जिल्ला समिति र नेपाल किसान सघ क्षेत्रिय समिति क्षेत्र नम्बर ५ को आयोजनामा उक्त कार्यक्रम भएको हो ।
धान खेतिमा यान्त्रिकिकरण, उत्पादन लागतमा न्यूनिकरण भन्ने मुल नारा बोकि दीबस मनाएको हो । उक्त कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले सरकार भुउपयोग निती लागुगरी बैज्ञानिक किर्षीप्रणलीमा आत्मनिर्भर बनाउनु पर्ने बताएका थिए ।
साथै किर्षकहरुलाई मल, बिउ डिजल, खरीदमा अनुदान दीनुपर्ने र खेत खेतमा बिद्युतीकरण हुनु पर्ने बताएका हुन । नेपाल किसान सघ जिल्ला समितिका सभापपति टीकादत्त जोशीको अध्यक्षताका सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल किसान सघ क्षेत्रिय सभापति बिरबहादुर भाट गर्नु भएको थियो ।