काठमाडौं, १५ असार ।
व्यवस्थित र सफा बनाईएको राजधानीको रत्नपार्क आजदेखि सर्वसाधारणकालागि खुल्ला गरिएको छ ।
सार्क सम्मेलनका क्रममा पुर्न्निर्माण र सजावटकालागि बन्द गरिएको पार्क आजदेखि औपचारिकरुपमा खुल्ला गरिएको हो ।
स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले पार्क्भित्रको पोखरीमा माछाका भुरा छाडेर पार्क सर्वसाधारणकालागि खुल्ला गरिएको घोषणा गर्नुभयो ।
विद्यार्थी र बृद्धबृद्धालाई सहुलियत शुल्कमा प्रवेश गराईने काठमाडौ महानगरपालिकाले जनाएको छ ।
यसअघि उचित सम्बद्र्धन र स्यहार नहुदा राजधानीको सोभा मानिने पार्क फोहर र अस्तव्यस्त थियो ।
सोही कार्यक्रममा मन्त्री सिंहले नेपाल प्रहरीलाई एउटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline






