गुगलले विश्वभर निःशुल्क वाइफाइ वितरण गर्दै

गुगलले विश्वभर निःशुल्क वाइफाइ वितरण गर्दै

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

गुगलले विश्वभर निःशुल्क वाइफाइ इन्टरनेट सेवा दिने भएको छ ।

इन्टरनेट जायन्ट गुगलले सुरुवात तथा परीक्षणस्वरु अमेरिकाको न्यूयोर्कमा निशुल्क वाइफाइ उपलब्ध गराउँदैछ । परीक्षण सफल भएलगत्तै विश्वका अन्य देशमा सेवा विस्तार गर्ने योजना गुगलको छ ।

गुगलले एउटा छुट्टै कम्पनि स्थापित गरी यो सेवालाई मूर्त रुप दिन लागेको हो । साइडवाक ल्याब्स नामाकरण गरिएको उक्त कम्पनि न्यूयोर्कमा अन्त्यन्तै तिव्र गतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ ।

न्युयोर्कको बिक एप्पलको पुरानो फोनबुथको प्रयोग गरि साइडवाक ल्याब्सले निशुल्क इन्टरनेट सेवालाई मूतै रुप दिँदैछ ।

सोही योजनाका लागि अन्य १० फोन बुथको प्रयोग गर्ने तयारीमा कम्पनि लागेको छ । फोन बुथको आवश्यक परिवर्तन पछि कम्पनिले निशुल्क वाइफाइका साथै निस्शुल्क डोमेस्टिक फोनकल र मोबाइल फोन चार्ज गर्ने सेवा समेत उपलब्ध गराउने गुगलले बताएको छ ।

योजनालाई अझ प्रभावकारी बनाउन फोन बुथहरुमा टचस्क्रिन राखी मानिसहरुलाई सहरका महत्वपूर्ण स्थानहरु र यातायात सेवाको बारेमा जानकारी गराउने सुविधा दिइने बताइएको छ ।

ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम अगाडि नै न्युयोर्कमा निस्शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती फोनहरु संचालनमा आउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी