काठमाडौं, १५ असार ।
सिन्धुपाल्चोकको हगाम गाविस याङ्लाकोटमा भीषण पहिरो गएको छ ।
आज बिहान ३ बजे गएको पहिरोले यो गाविसका ५ र ७ नम्बर वडाका १० देखि १२ वटा अस्थायी घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका डिएसपी विश्व अधिकारिले मिर्मिरेलाइ जानकारी दिनुभयो ।
पहिरो गएपछि भएको भागदौडमा ६ जना घाइते भएका छन् । अन्य मानविय क्षति भने नभएको जिल्ला अधिकारिले बताउनुभयो । घाइतेहरुलाइ उपचारका लागि धुलीखेल अस्पताल बनेपामा पठाइएको उहाको भनाइ छ । भारी बर्षासँगै बस्ती भन्दा तीन सय मिटर माथिबाट आएको पहिरोमा परी केही पशु चौपायासमेत मरेका छन् ।
पाँचसय भन्दा बढी घरधुरी रहेको ५ र ७ नम्बर वडामा भूकम्पका कारण सबै घर भत्किएकाले स्थानीयहरु सुरक्षित स्थानमा रहेकाले मानविय क्षति भएको छैन । उद्धारका लागि जलविरेबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली गइसकेको पनि उहाले बताउनुभयो ।