काठमाडौं, १५ असार ।
गत बैसाख १२ को विनाशकारी भुकम्प पश्चात परकम्पनहरु आउने क्रम अझै जारी छ । यसै क्रममा आज बिहान तीन बजेर ३१ मिनेटमा काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रविन्दु नजिकै भएकाले यसको धक्का काठमाडौं उपत्यका समेत महसुस भएपछि उपत्यका बासीहरु सडकमा निस्किएका थिए ।
यसअघि हिजो राति पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई वटा पराकम्प गएका थिए । राति ११ बजेर २७ मिनेट जाँदा ४ दशमलव १ तथा ११ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको पराकम्प गएको केन्द्रले जनाएको छ
वैशाख १२ को भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ३५ भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।
