धान दिवस आज रोपाइँ गरेर मनाइँदै

धान दिवस आज रोपाइँ गरेर मनाइँदै

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, १५ असार ।

आज असार १५ धान दिवस, काठमाडौं सहित देशका विभिन्न स्थानमा  धान रोपाइँ गरेर गरी मनाइँदैछ । नेपालले २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । वर्षै्पिच्छे कृषिमा परनिर्भरता बढ्दैगएका कारण  उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने चलन चलेको हो ।

धानबालीका लागि योग्य झण्डै १४ लाख २५ हजार हेक्टर जग्गामध्ये सोमबारसम्म ८ प्रतिशत मात्र रोपाइँ भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले जानकारी दिनुभयो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा  कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।

पहिला धान चामल निर्यात गरिदै आएकोमा अहिले भने प्रतिवर्ष १० लाख मेट्रिक टन चामल आयात हुदै आएको छ । यस वर्ष नेपालले भारतसँग झण्डै १४ अर्बको चामल आयात गरेको कृषिमन्त्री हरिप्रसाद पराजुलीले राससलाई बताउनुभयो । उहाँले अबको तीन वर्षमा नेपाल धानमा पूर्ण आत्मनिर्भर हुने दाबीसमेत गर्नुभयो ।

नेपालमा धानको उत्पादन सरदर  प्रतिहेक्टर तीन हजार किलो हुने गरेको छ ।  सन् १९६६ देखि २००९ सम्म अन्तर्रा्ष्ट्रिय धानबाली अनुसन्धान केन्द्र इरीका धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशमा ८ सय ६४ प्रकारका धानका जात सिफारिस भएका छन् । नेपालमा  सिफारिस भएका ८६ जातमध्ये सात थरीका मात्र रैथाने धानको खेती हुने गरेको धान विशेषज्ञ भोलामान सिंह बस्नेतले जानकारी दिनुभयो ।

नेपालको ७२ जिल्लाबाट संकलन गरिएका झण्डै दुई हजार ९ सय ६३ प्रकारका रैथाने जातका बिउ फिलिपिनस्थित इरी, जापान र इटली, रोम, नर्वेको स्भालबार्डको जीनबैंकमा राखिएका छन् ।


युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, आकासे पानीमा परनिरर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बिउविजन तथा मलखाद्य एवम् कृषि अनुदानको राम्रो व्यवस्था नहुनु, किसानले उचित मूल्य प्राप्त गर्न नसक्नु, सरकारी उदासिनता र शिक्षित वर्गबाटै कृषि पेसालाई उपहास गरेका कारण कृषि उत्पादकत्व बढाउन नसकिएको कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले बताउनुभयो ।

सन् २०५० मा विश्वको जनसंख्या नौ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।  त्यसबखत अहिलेको भन्दा ७० प्रतिशत उत्पादन बढाउनुपर्ने हुुुन्छ । घट्दो खेतीयोग्य जमिनबाट बढ्दो जनसंख्यालाई खुवाउन र आयआर्जनमा वृद्धि गराउन ज्ञान, प्रविधि र विज्ञानमा आधारित खेती गर्नु अति जरुरी भैसकेको छ । नेपालको छैटौं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख  छ ।

मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिईने असार १५ तथा धान दिवस २०७२ को अवसरमा सुदूरपश्चिममा बिभिन्न कार्यक्रम गरि मनाईदै छ ।

प्रत्येक वर्षको असार १५ मा यस दिवसलाई सबै सरकारी कर्मचारी, राजनीतिक कर्मी, स्वयमसेवक, सञ्चारकर्मी, कृषक लगायत सबै मिलि खेतमा धान रोपाई गरि मनाउने गर्दछन् ।

‘धान खेतीमा आधुनिकिकरण, उत्पादन लागतमा न्यूनिकरण भन्ने मुल नाराका साथ १२ आँै राष्ट्रिय धान दिवस रोपाईँ सुदूरपश्चिममा विभिन्न कार्यक्रम गरि मनाईन लागेको छ ।

बिभिन्न कार्यालय, संघसंस्था, नागरिक समाज, संचाकर्मी तथा स्थानीय कृषकहरुको सहभागितामा धान रोपाई दिवस मनाउन लागिएको क्षेत्रिय कृषि निर्देशनालयले जानकारी दिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी