नयाँ मुहारका साथ रत्नपार्क आजबाट खुल्दै

नयाँ मुहारका साथ रत्नपार्क आजबाट खुल्दै

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १५ असार।

गत बैसाख १ गतेबाट बन्द रहेको उपत्यकाको पर्यटकीय स्थल रत्नपार्क आजबाट संचालनमा आउने भएको छ । सरसफाई र उचित व्यवस्थापन नपुगेको भन्दै गत बैसाख १ गतेबाट पार्क संचालनमा आउन सकेको थिएन ।

आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्य बन्दै आएको पार्क काठमाडौ महानगरपालीका, वातावरण व्यवस्थापन विभाग तथा रत्नपार्क र रानीपोखरिको संयुक्त पहलमा भोलीबाट संचालनमा आउन लागेको हो ।

पार्कको आज विहान साढे सात बजे संघिय मामीला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिहले उद्घाटन गर्नुहुनेछ । पार्क प्रवेशमा अहिले सम्म कुनै शुल्क नलगाइएको भएपनि भोलीबाट भने सर्वसाधारणको लागि २५ तथा विद्यार्थीहरुको लागि १५ रुपैया शुल्क लाग्ने भएकोछ ।

जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिहरुका लागि भने परिचयपत्रको आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । वाह्य तथा आन्तरिक पर्यटकहरुको आकर्षण बढाउन पार्क र आसपासका तालहरुको सररफाइ गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी