संविधानसभा बैठक फेरी राति ९ बजे सम्मका लागि स्थगित

संविधानसभा बैठक फेरी राति ९ बजे सम्मका लागि स्थगित

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,१४ असार ।
सविधानको मस्यौद्धा पेश गर्न भनि बोलाईएको सविधान सभाको बैठक आज पटक पटक स्थगित हुदै फेरी राति ९ बजेका लागि तय गरिएको छ ।
आज दिउसो ३ बजे बस्ने भनिएको बैठक साझ ८ बजेका लागि बोलाईएको थियो तर फेरी सात बजे पनि बैठक बस्न नसके पछि राति ९ बजे सम्मका लागि स्थगित भएको छ ।

संविधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिन केही समय लाग्ने भएकाले बैठकको समय सारीएको संविधानसभा सचिवालयका सहायक प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनु भयो ।

बैठकमा एकिकृत मस्यौदा सहितको प्रतिवेदन पेश भएपछि छलफल अघि बढाउने तयारी छ । यसअघि हिजो बसेको मस्यौदा समितिको बैठकले नयाा संविधानको मस्यौदालाई फरक मतसहित पारित गरेको थियो ।

एकीकृत मस्यौदा तयार भए पनि त्यसको संवैधानिक र कानुनी भाषा तयार पारी अन्तिम रुप दिन बााकी रहेकाले पनि संविधान सभाको बैठक प्रभावित भएको हो

यसैबिच प्रमुख दलबिच भएको १६ सहमती बिरुद्ध असन्तुष्ट रहेका मधेसवादी दलहरुले संविधानसभाभित्र संविधानको मस्यौदा च्यात्ने चेतावनी दिएका छन ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आज बसेको बैठकमा नेताहरुले संविधानसभामा संविधानको मस्यौदा पेश गर्दा कडा प्रतिवाद गर्नु पर्नेमा जोड दिएका छन् ।

आजको बैठकमा मस्यौदा पेश भएपछि भित्रै च्यातेर विरोध गर्ने निर्णय गरेको मोर्चाका एक नेताले जानकारी दिउका छन । १६ बुादे सहमतिप्रति संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सद्भावना र तमसपा असन्तुष्ट छन् ।

सद्भावना मस्यौदा समितिको बैठक बहिस्कार गरेको थियो भने फोरम नेपाल लगायतका दलले भने मस्यौदामा फरक मत राखेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी