अत्तरीया नगरपालीकालाई असाढ भित्रै साक्षर घोषणा गरीने

अत्तरीया नगरपालीकालाई असाढ भित्रै साक्षर घोषणा गरीने

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,१३ असार ।

कैलालीको अत्तरीया नगरपालीकालाई यहि असाढ मसान्त भित्रै साक्षर घोषणा गरीने भएको छ । अत्तरीया नगपालीकाका भित्रका सबै वडाका जनता साक्षर भएपछि नगरपालीकालाई साक्षर घोषणा गरीने भएको हो । अत्तरीया सामुदायीक बिकास केन्द्रले आज अत्तरीयामा आयोजना गरेको कार्यक्रममा नगपालीकालाई साक्षर नगरपालीका घोषण गर्न लागिएको जानकारी दिएको छ ।

कार्यक्रममा नगरपालीका भित्रका रहेका मध्य ९५ प्रतिसत जनता साक्षर रहेको तथ्याँक सार्बजनीक भएकाले नगपालीकालाई साक्षर धोषणा गरीन लागीएको जानकारी दिइएको थियो । नगर भित्रका रहेका १७ हजार २ सय ८४ जनता मध्ये ९५ प्रतिशत जनता साक्षर रहेकाले नगपालीकालाई साक्षर घोषणा गरीन लागीएको अत्तरीया सामुदायीक बिकास केन्द्रका अध्यक्ष भिम बहादुर बलायरले जानकारी दीनुभयो ।

अत्तरीया सामुदायीक बिकास केन्द्रका अध्यक्ष भिम बहादुर बलायरको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अथिति नगरपालीकाका कार्यकारी अधिकुत खेमराज जोशि रहनु भएको थियो भने बिशिष्ट अथिति जिल्ला शिक्षा कार्यलयका शाखा अधिकुत चक्र बहादुर कुवर रहनु भएको थियो । बिभिन्न राजनीक दल प्रतिनिधि , बिभिन्न सघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको कार्यक्रमको सहजिकरण अत्तरीया सामुदायीक बिकास केन्द्रका उपाध्यक्ष टिकादत्त जोशिले सहजिकरण गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी