काठमाण्डौ,१३ असार ।
यस वर्षको प्राविधिक तर्फको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक बिषयमा एसएलसी दिने परीक्षार्थीको परीक्षाफल आज दिउंसो बोर्डको बैठक बसी सार्बजनिक गरेको छ ।
नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिएको हो । परीक्षामा सहभागी ३ हजार २ सय ५६ जनामा सबै परीक्षार्थीहरु ग्रेडिङ प्रणाली अनुसार उत्तीर्ण भएका हुन् ।
जसअनुसार ‘ए प्लस’ ग्रेडमा २ सय १५, ‘ए’ ग्रेडमा ७ सय ७९, ‘बी’ ग्रेडमा २ हजार १ सय ३१, ‘सी’ ग्रेडमा १ सय २४ र ‘डी’ ग्रेडमा १ जना उत्तीर्ण हुन सफल भएका हुन ।
परीक्षार्थीमध्ये ‘ई’ ग्रेडमा भने कोहि पनि नपरेको जनाइएको छ । । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले पहिलो पटक २०७१ सालमा प्राविधिक बिषयको एसएलसी परीक्षा सन्चालन गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline