काठमाडौां, १३ असार ।
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि जम्मा भएको राहात रकम दुरुपयोग भएको जानकारी पाए तुरुन्त प्रधानमन्त्रीको कार्यालय तथा सरकारी निकायमा खबर गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा बिभिन्न्न संघ संस्थाले दिएको रकम ग्रहण गर्दै उहाले यस्तो आग्रह गर्नुभएको हो ।
उद्धार कोषमा आज नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन करोड सहयोग गरेको छ । प्राधिकरणका नवनियुक्त महानिर्देशक सञ्जीव गौतमले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै जिल्ला शिक्षा कार्यालय काठमाडौाले १ करोड ३० लाख ८० हजार ८ सय ७२ रुपैयाा ३६ पैसा सहयोग गरेको छ । काठमाडौाका जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै लुम्बिनी बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख २२ हजार २ सय २२ , नेपाल जेसुइट सोसाइटी सानेपा ललितपुरले रु ३५ लाख सहयोग प्रदान गरेको छ । अनुरुपता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु दुई लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।
यस्तै के एन्ड के इन्टरनेसनल कलेज र नेपाल क्यानडा मैत्री संघले दुई लाख , मुऽा संकलक संघले एक लाख एक हजार , लागुऔषधको माग घटाउने र पुन:स्थापनामा कार्यरत संस्थाहरुको सञ्जालको महासङ्घ एफडिडिआरले रु ५८ हजार सहयोग प्रदान गरेको छ ।
यस्तै गोकर्णेश्वर नगरपालिका वडा न ६ जोरपाटी निवासी हीरालाल श्रेष्ठको परिवारले रु ५० हजार १५१ प्रदान गरेको छ । सो रकम उहााकी माता स्व दिलकुमारी श्रेष्ठको सम्झनामा प्रदान गरिएको हो । भुकम्प पिडीतका लागि सहयोग रकम जम्मा हुने क्रम जारी छ ।