नेपालको पूर्वी भागमा भूकम्पको कडा धक्का महशुस

नेपालको पूर्वी भागमा भूकम्पको कडा धक्का महशुस

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ., १३ असार ।

नेपालको पूर्वी भागमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ७ बजेर ५ मिनेटमा भारतको आसाम र भूटानको थिम्पु केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्रा्ष्टिय भूकम्प मापन केन्द्रले जनाएका छन् ।

नेपालमा वैशाख १२ गते बिहान ११ बजेर ५८ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । मध्य र पश्चिम क्षेत्रमा यसको पराकम्पन अझै आइरहँदा भारतमा भूकम्प गएपछि नेपालको पूर्वमा पनि धक्का महशुस गरिएको हो ।

यसअघि नेपालमा हिजो दुईओटा परकम्पहरु गएका थिए । हिजो सांझ ६ बजेर २ मिनटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको थियो  भने दिउसो २ बजेर ४५ मिनटमा ललीतपुर केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प  गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी