काठमाण्डौ,११ असार ।
कमजा्ेर मनसुन हिजोदेखी मनसुन सक्रिय भएसँगै सुदुरपश्चिममा भारी वर्षा सुरु भएको छ । बर्षाका कारण सो क्षेत्रका जनजिवन अस्तब्यस्त बनेको छ । भारी बर्षासंगै आएको बाढीले कैलालीमा २५ घर डुबानमा परेका छन । फूलबारी गाविसको ललितपुर बस्तीमा २५ डुबानमा परेपछि सो घरपरिवारलाई सुरक्षित स्थानमा सारीएको जिल्ला दैविप्रकोप उद्धार समितिले जनाएको छ ।
खुटिया र गौरीगंगा नदीको पानी बस्तीमा पसेपछि डुबानमा परेका २५ घरका सदस्यलाई सुरक्षित स्थानमा सारीएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरीन्जीवी घिमिरेले जानकारी दिनुभयो ।
लगातारको वर्षाले जिल्लाको पवेरा, नारायणपुर र धनसीहपुर लगायतका गाविसका केही बस्ती डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्णाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । हिजो रातिसम्म साढे ५ मिटर रहेको बहाव बढेर साढे ६ मिटर भन्दा माथि पुगेको जिल्ला प्रशासन कार्यालयमा रहेको पुर्व सूचनाकेन्द्रले जनाएको छ ।