अषाढ १० डोल्पा ।
घरेलु तथा साना उद्योग बिकास समीती साखा कार्यलय डोल्पाले स्थापनाकाल देखी हाल सम्म साना उद्योगहरुको स्थापना , बिकास र प्रबद्र्धनमा सरकारी तवरबाट संथागत
रुपमा सेवा पुऱ्याउने उदेश्यका साथ जिल्लाभर थुप्रै सिप बिकास तथा ब्याबसाय मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
जिल्लाका बिभिन्न गाबिसमा पटक पटकमा फरक फरक प्रकारका तालीम संचालन गरी जिबिकोपार्जनमा टेवा पुग्ने गरी कार्यक्रम गर्दै आएको छ ।
घरेलु तथा साना उद्योग बिकास समीती स्थापना भए देखी जेष्ठ मसान्त सम्ममा ५ सय पचास उद्योग दर्ता भएको , बिभिन्न कारणले १ सय ६ वटा उद्योग खारेजी भएको , ठाउसरी जिल्ला बाहिर ५ वटा , जिल्लामा हाल सम्म दर्ता भएका खरिद बिक्री बाणिज्य ब्याबसाय तर्फका ४ सय ३ रहेको र हाल सम्म चालु आर्थीक बर्षमा जम्मा ५५ वटा मात्र बिकरण भएको घरेलु तथा साना उद्योग बिकास समीती साखा कार्यलय डोल्पाका प्रमुख नेल बहादुर भण्डारीले जानकारी दिनु भयो ।
घरेलु कार्यलयले बिभिन्न समयमा सिप बिकास तथ ब्याबसायमुलक सिलाइ कटाई ,उनी धागो कताई , स्याको चाना कटाई , सिलाई मेसिन मार्मत , साइनबोर्ड पेन्टिङ्ग , फलफुल प्रसोधित , बेसिक कम्युटर कोर्ष , लेखा ब्यबस्थापन
तालीम लगाएत थुप्रै सय भन्दा बढी तालीमहरु दिइरहनुका साथै सिप बिकास , ब्यबसाय र जिबिको पार्जनमा टेवा पुग्ने कार्यक्रमहरु घरेलु तथा साना उद्योग बिकास कार्यलय डोल्पाले गर्दै आएको कार्यलय प्रमुख भण्डारीले बताउनु भयो ।
कार्यलयले जिल्ला भित्रको श्रोत साधनहरुको संभाब्य अध्यान गर्दै स्थानीय साधन श्रोतमा आधारित बिभिन्न किसिमका सिप बिकास तालीम दिदै उद्यमशिलता तालिम दिएर नशक्तीहरुलाई उद्योग ब्याबसायमा सरिक गराउन आवश्यक परामर्स सेवा प्रदान गर्दै उद्योग बाणिज्य तर्फका ब्यबसायहरु दर्ता पुजीबृद्धी उदेश्य थप समेतका कार्यहरु गरेर तालीम प्राप्त ब्याक्तीहरुलाई ब्यबसायमा सरलता ल्याउनका साथै मेसिन औजारहरु छुट
मुल्यमा उपलब्ध गराउने सकिने घरेलु साना उद्योग बिकास साखा कार्यलय डोल्पाले जनाएको छ ।