काठमाडौं, ११ असार ।
प्रधानमन्त्री सुशील कोइरालाले नेपालको पुनःनिर्माणका लागि आयोजना गरिएको अन्तर्रा्ष्ट्रिय सम्मेलन अन्त्यन्तै सफल भएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज बिभिन्न संघ संस्थाले दिएको रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले यस्तो दाबी गर्नुभएको हो ।
उहाले नेपालप्रति अन्तराष्ट्रिय समुदायले देखाएको चासो र सदा संयताको प्रशंसा गर्दै लोकतान्त्रिक संविधान जारी गर्ने र मुलुकमा शान्ति तथा स्थायित्व कायम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्धार कोषमा आज भूकम्प पीडितको सहयोगार्थ साउदी अरबको अलसाफी डेरी फर्ममा कार्यरत नेपाली र होटल तनहुँ ब्यासले कोषमा ८ लाख ५० हजार रुपैयाँ सहयोग गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline