काठमाडौं, ११ असार
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अदालतले विकृतिहरु नरोके भयावह स्थिति आउन सक्ने चेतावनी दिनु भएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्राकार सम्मेलनमा बोल्दै सचिव ज्ञवालीले अदालतले बेलाबेलामा कार्यक्षेत्र बाहिर गएर फैसला गर्ने गरेको आरोप लगाउँदै त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
उहाले दलहरुले गरेको निर्णयमा एकपछि अर्को अंकुश लगाउन थालेकाले सर्वोच्चले राजसंस्था फर्काउने गरी फैसला गर्न सक्नेमा आशंका गर्नु भयो ।
दलहरुबीच भएको १६ बुँदे सहमति बारे सर्वोच्च अदालतले हालै गरेको फैसला आपत्तिजनक र विवादास्पद भएको बताउँदै ज्ञवालीले त्यसका विरुद्व पुनरावेदन गर्ने जानकारी दिनुभयो । संविधान निर्माणको निर्णायक मोडमा बाधा पु¥याउनेलाई जनताले कदापी क्षमा नदिने उहाँको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline