काठमाडौंमा आजदेखि दुई दिने राष्ट्रिय आँप महोत्सव

काठमाडौंमा आजदेखि दुई दिने राष्ट्रिय आँप महोत्सव

  • शुक्रबार, असार ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, ११ असार ।

फलको राजा मानिने आँंपसम्बन्धि पहिलो राष्ट्रिय आँंप महोत्सव राजधानीमा हुने भएको छ ।

नेपाल फलफूल थोक ब्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा शुक्रबारदेखि दुई दिनसम्म भृकुटी मण्डपमा महोत्सव सञ्चालन हुनेछ ।

संघका अध्यक्ष अमर बानियाँकाअनुसार महोत्सवमा ११ वटा स्टाल राख्ने व्यवस्था गरिएको छ । जसअनुसार पाँचबटा खुद्रा र ६ वटा थोक स्टाँल राख्ने व्यवस्था गरिएको छ ।

बानियाँंका अनुसार महोत्सवमा नेपालमा पाइने १८ जातका आँपको जात र आँंपबाट निर्माण हुने अन्य परिकारको बारेमा उपभोक्तालाई जानकारी दिइनेछ ।

यसका साथै भारतलगायत अन्य मुलुकबाट भित्रिने बिषादी तथा रसायनयुक्त आँपको बारेमा पनि महोत्सवमा जानकारी दिइनेछ ।

संघले बिषादीरहित र स्वच्छ आँप उपभोग गर्न कुलेश्वर बजारबाट मात्र खरिद गर्न पनि आग्रह गरेको छ । संघले बिषादी रहित र स्वच्छ आँपका लागि नेपालमै उत्पादन भएको मात्र सेवन गर्न पनि आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी