काठमाडौं, ११ असार ।
गत बैसाख पछिको शक्तिशाली भुकम्प पश्चता परकम्पहरु जाने क्रम अझै जारि छ ।
यसेक्रममा बिहिबार राति मात्र ३ ओटा परकम्पहरु गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । बिहिबार राति ९ बजेर ७ मिनटमा नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्नीच्युडको परकम्प गएको केन्द्रले जनाएको छ ।
त्यस्तै राती ११ बजेर ४९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्नीच्युडको परकम्प गयो भने त्यसका ठिक २ मिनेट पश्चात नुवाकोट र सिन्धुपाल्चोकको सीमानालाइ केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्नीच्युडको परकम्प गएको केन्द्रले जनाएको छ ।
यस्ता स साना परकम्पहरु आउने क्रम अझै केहि समय जारि रहने भएकोले नआत्तिन तर सचेत रहन केन्द्रले आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
