काठमाण्डौ,९ असार ।
नवलपरासीको गैडाकोटमा मिनि ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ । न्यायचोकमा बा १ ख ७७ ८५ नम्वरको मिनिट्रकको ठक्करबाट महेन्द्र स्मारक निमाविमा अध्यनरत २ जना बिद्यार्थीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
बिहान १० बजे स्कुल जाने क्रममा स्कुल नजिकै भित्रि सडकमा ट्रकले ठक्कर दिदा गैडाकोटका ९बर्षिय तेन्जिङ गाहा मगर र १२ बर्षिया सुनिता परियारकोे घटना स्थलमै मुत्यु भएको थियो ।
ट्रकचालकले लापरबाहि गरि स्कुले बालबालिकाको ज्यान लिएको भन्दै स्थानिय बासिन्दाले ईलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए ।
स्थानियहरुले राजमार्गमा प्रर्दशन गरेपछी अबरुद्द पुर्व–पश्चिम राजमार्ग केहीबेर अघि प्रहरीले बल प्रयोग गरि खुलाएको छ । ठक्कर दिने चालक र ट्रकप्रहरी नियन्त्रणमा रहेको गैडाकोटका प्रहरी निरिक्षक प्रेम जोशिले बताउनु भयो ।