काठमाण्डौ,९ असार ।
दाता सम्मेलनमा सहभागी हुन आउनुभएका दातृ निकायका प्रतिनिधीहरुले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बसन्तपुर, कुमारी घर , हनुमानढोका दरबार क्वायर क्षेत्रको अवलोकन गर्नुभएको छ ।
हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भाग लिन आउनुभएका ३४ जना विशिष्ट अतिथिले सो अवसरमा अवलोकन गर्नुभएको हो ।
अवलोकनमा सहभागी हुन आउनुभएका युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिनले अवलोकनका क्रममा ऐतिहासिक, पुरातात्विक स्थलको पुनःनिर्माणका लागि सहयोग गर्ने बताउनु भयो ।
जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाकाले भूकम्पले पुर्याएको पुनःनिर्माणका लागि आवश्यक पर्ने सहयोग प्रदान गर्न जाइका तयार रहेको बताउनु भयो । । श्रीलंका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजेले भूकम्पले नेपालमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनु भयो ।
सम्मेलनमा सहभागी आउनु भएका प्रतिनिधीलाइ आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गराइने पराष्ट्र मन्त्रालयले जनाएको छ ।