काठमाडौ ९ असार
गत वैशाख १२ को विनाशकारी भूकमप पछि बन्द रहेको रसुवागढी नाका खुल्ने अझै अनिश्चित रहको छ । नेपाल चीन प्रवेशको दोस्रो ठुलो तथा छोटो नाका करिब दुई महिना देखि बन्द भएपछि त्यसक्षेत्रमा आयात निर्यात ठप्प रहेको छ ।
नाका सन्चालनका लागि रसुवाको टिमुरेमा घर भाडामा लिइएपनि रसुवागढी–केरुङ सडकमार्गमा पहिरो गएका कारण सन्चालन अनिश्चित बनेको हो । भूकमपले सडक माथिबाट पहिरो गएका कारण त्यहाा अवात जावतमा समेत समस्या भएको छ ।
केरुङ तर्फको सडकमा खसेको पहिरो खुलाउन समय लागेकाले नाका सन्चालनमा ढिलाइ भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनु भयो ।
स्याफ्रुबेसी–रसुवागढी सडक मार्गमा ट्रयाक खोलिए पनि चीनतर्फ पहिरो पन्छाउने काम भइरहेकाले नाका खोल्न अझै समय लाग्ने प्रजिअ गेलालले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline