काठमाण्डौ,८ असार ।
कैलालीको धनगढीमा आफनै सहोदर भाइले आज मध्यान दाइको गोली हानी हत्या गरेका छन ।
धनगडी नगरपालिका—५ स्थित पुरानो बस्ती जाली चोकमा मध्याह्न भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेको बेला पछाडि बसेका भाइ दिनेश बोहोराले मोटरसाइकल चलाइरहेका दाजु कुमार बोहरामाथि गोली प्रहार गरेका प्रहरीले जनाएको छ ।
दाजुमाथि गोली हानेलगत्तै दिनेश मोटरसाइकल लिएर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन । विगत केही वर्षदेखि भारतमा बस्दै आएका उनीहरुबीच अंशबन्डाको विषयमा विवाद रहेको प्रहरीले जनाएको छ । केही समययता उनीहरु दुबैजना धनगढीमा बस्दै आएका थिए ।
मृतक कुमार बोहोरा चोरी, डकैतीका घटना संलग्न रहेको पनि प्रहरीले बताएको छ । गोली हानी फरार भएका ब्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline