काठमाण्डौ,८ असार ।
सरकारले पुननिमार्णका लागि आयोजना गर्न लागिएको दाता सम्मेलनका लागि बिभिन्न मुलुकबाट अतिथिहरु आउने क्रम जारी छ । आज भुटान र श्रीलंकाका मन्त्री अपरान्न काठमाण्डौ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पर्सी बिहिबार सरकारले गर्न लागेको दाता सम्मेलनमा भाग लिन भुटानका अर्थ र श्रीलंकाका बिपद ब्यबस्थान सम्बन्धी मन्त्री आज काठमाण्डौ आउन लाग्नु भएको हो । अल्पविकसित मुलुक हेर्ने उपमहासचिव ज्ञानचन्द्र आचार्य र एसिया प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघका सहायक महासचिव हालोलिङ सु काठमाडौं आइसक्नु भएको छ ।
भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट विदेशमन्त्री वाङ यीले आउने जनाइएको छ । भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन हुने सम्मेलनमा उनीहरुसहित सात मुलुकको मन्त्रिस्तरीय सहभागिता रहनेछ ।