काठमाण्डौ,८ असार ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा भन्दा उच्च निकाय अन्य कुनै नभएको भन्दै संविधानका बारेमा चार दलद्धारा गरिएको सहमतिका पक्षमा सबैलाई समेट्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
प्रेस चौतारी धनुषाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले १६ बुँदे सहमतिका सन्दर्भमा अदालतले गरेको निर्णय संविधानसभाको गरिमा, स्थान र नियमावली भन्दा पृथक भएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले संविधानसभालाई सफल बनाउँदै मुलुकलाई स्थायित्वको सन्देश दिन संविधानको निर्माण र स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताउनु भयो ।
उहाँले संविधान निर्माणका लागि एक अर्कालाई दोषारोपण नगरी सबैको बीचमा विश्वास, मन र चित्त बुझाउने प्रयास गर्नुपर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline