पूर्वविशिष्टहरुलाई मनग्गे सुविधाको विधेयक

पूर्वविशिष्टहरुलाई मनग्गे सुविधाको विधेयक

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं,  ८ असार ।

भूकम्पपीडितहरूलाई अस्थायी टहरा बनाउनका लागि १५ हजार रुपैयाँ राहत दिन मुस्किल परिरहेका बेला सरकारले पूर्वराष्ट्रपति देखि पूर्वसभामुखसम्मका पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन विलाशी गाडी, सरकारी आवास तथा सचिवालयसहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरेको छ ।

‘विशिष्ट व्यक्ति तथा पूर्व पदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक’ संसदबाट पारित भएपछि पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख, राष्ट्रियसभाका अध्यक्षहरूले सरकारबाट आजीवन गाडी, आवास, सचिवालय सुविधा पाउन थाल्नेछ । पूर्व गृह मन्त्रीहरूलाई समेत ‘सुरक्षा थ्रेट’ का नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधेयकमा गरिएको छ ।

भूकम्पपीडितहरूलाई राहत, पुनःस्थापना र क्षतिग्रस्त पुनर्संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सुकी दानसमेत लिइरहेको सरकारले विधेयकमा भने पूर्वविशिष्ट पदाधिकारीहरूलाई मन फुकाएर सुविधा दिने प्रस्ताव गरेको छ ।

दुर्गम जिल्लामा झाडापखालाको प्रकोप फैलिंदा बेलैमा जीवनजलसमेत पुर्‍याउन नसक्ने सरकारले राजधानीमा आलिसान महल बनाएका र करोडौं सम्पत्ति आर्जन गरिसकेका  पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानुनी रूपमै आजीवन सुविधा दिन लागेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी