काठमाण्डौ,७ असार ।
संसदको लेखा समितिले भूकम्प प्रभावित जिल्लामा जनसंख्याका आधारमा तीन महिनाका लागि खाद्यान्न सन्चित गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितीको बैठकले प्रभाबित क्षेत्रमा खाद्यान अभाब हुन नदिनका लागि जनसंख्याका आधारमा तीन महिनाका लागि खाद्यान्न सन्चित गर्न निर्देशन दिएको हो ।
यस्तै समितीले कुहिएको चामल वितरण गर्ने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई कारबाही गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । समितीले बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई बोलाइ अखाद्य चामल विचरण गर्ने डब्लुएफपीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
बैठकमा मन्त्री थापाले भने राहतका नाममा अखाद्य वस्तु वितरण गर्ने डब्लुएफपीलाई कुटनीतिकरुपबाटै भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डब्लुएफपीले गोरखाको लाप्राकमा कुहिएको चामल वितरण गरेको थियो । यस्तै समितिले भूकम्पपछि अत्यधिक मूल्यबृद्धि भएकोे गुनासो आएकाले त्यो नियन्त्रण गर्न भनेको छ ।