काठमाण्डौ,७ असार ।
गोरखामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ । खानेपानीसम्बन्धी कार्यक्रममा सहभागी हुन पाँच जनाको टोली लिएर सामागाउँको लागि उडेको हेलिकोप्टर अवतरण गरी दुर्घटना भएको हो ।
हेलिकप्टर अवतरण भई त्यसमा सवार सबैजना ओर्लिएपछि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागिबाट हेलिकप्टर पुर्णरुपमा जलेर नष्ट भएको छ ।
सो हेलिकोप्टरमा पाईलटसहित गैरसरकारी संस्थाका ३ जना प्रतिनीधि, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका जिल्ला प्रमुख सवार थिए । आगलागीको कारण खुल्न नसकेको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline