ताप्लेजुङमा मापदण्ड नपुगेका २२ विद्यालय गाभिदै

ताप्लेजुङमा मापदण्ड नपुगेका २२ विद्यालय गाभिदै

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ, ७ असार ।

ताप्लेजुङमा मापदण्ड नपुगेका २२ वटा विद्यालय अर्को विद्यालयमा गाभिने भएका छन ।

जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका उप—सचिव निलमणी खनालका अनुसार जिल्लाका विभिन्न गाउँका विद्यार्थी कम भएका विद्यालय गाभ्न लागिएको हो ।

सरकारले निर्धारण गरे अनुसार एक शिक्षक बराबार ४० जना विद्यार्थी हुनु पर्ने भए पनि हिमाली जिल्ला भएका कारण एक कक्षा बराबर ८ जना विद्यार्थी अनिवार्य हुनु पर्ने प्राबधान छ ।

त्यती विद्यार्थी पनि नपुगेपछि नजिकैको विद्यालय आधा घन्टाको दुरी भएको अवस्थामा विद्यालय गाभ्न सकिने भएकाले जिल्लाका २२ विद्यालय अर्को विद्यालयमा गाभ्ने प्रकृया अगाडी बढाएको र छिटै प्रकृया पुरा हुने उप–सचिव खनालको भनाइ छ ।

अनुगमनका क्रममा ४० भन्दा कम विद्यार्थी भएका विद्यालय २२ वटा फेलापरेको शिक्षा कार्यालयले जनाएको छे बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी