मस्यौदा निमार्ण कार्यदल आज पनि गृहकार्यमा

मस्यौदा निमार्ण कार्यदल आज पनि गृहकार्यमा

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,७ असार ।

भावी संविधानको मस्यौदा निर्माणमा जुटेको कार्यदलले आज र भोली सहमतिको पहल गर्ने भएको छ । पछिल्लो पटक पाएको समय अवधिमा हिजोसम्म मस्यौदाले टुङ्गो नलागेपछि कार्यदलले पर्सी बुधबार मस्यौदा समितिमा एकिकृत प्रतिवेदन बुझाउने तयारी सहित काम अघि बढाएको हो ।

कार्यदल सदस्य एवम् कांग्रेस सभासद रमेश लेखकले भोलीसम्ममा मस्यौदामा देखिएको विवाद मिलाउने जानकारी दिनु भयो । संविधानसभाले संवाद समितिले टुंग्याउन बाँकी रहेका विवादित विषयमा समेत निर्णय गरी मस्यौदा निर्माणको जिम्मेवारी समितिलाई दिएको थियो ।

दलहरूबीच संविधानको प्रस्तावनामा प्रयोग गरिने बहुलवाद शब्दका अतिरिक्त नागरिकता, संक्रमणकालीन व्यवस्था, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति, संविधान संशोधन, महाभियोग तयारीका लागि विशेष संसदीय समिति लगायतका विषय विवादमा  देखिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी