काठमाडौं ७ असार । धादिङमा विषादी मिसिएको मकैको ढिडो खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन् । धादिङ पिडा गाविस वडा नम्बर ८ का ८५ बर्षिय लालवहादुर तामाङ, १५ वर्षिया नक्कली तामाङ, ४१ बर्षिया सानीमाया तामाङ र ४० वर्षिय सुनवहादुर तामाङ विषादी मिसिएको ढिडो खाँदा बिरामी परेका हुन् ।
उनीहरुको राजधानीको सोह्रखुट्टे स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ४ जनाको अवस्था गम्भिर रहेकाले आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका प्रशासकिय अधिकृत नवराज रुपाखेतीले जानकारी दिनु भयो ।
विरामी परेका मध्ये लालबहादुरको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दिउसो ढिडो खाए लगत्तै छटपटाउन थाले पनि दुर्गम बस्ती भएका कारण उनीहरुलाई राती १२ बजे मात्र अस्पताल ल्याइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline