डब्लु एफपीको कुहिएकोे चामलका कारण लाप्रकमा महामारी फैलन सक्ने आशंका

डब्लु एफपीको कुहिएकोे चामलका कारण लाप्रकमा महामारी फैलन सक्ने आशंका

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ७ असार । राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले गोरखाको लाप्रकमा कुहिएकोे चामलका कारण महामारी फैलन सक्ने आशंका गरेको छ ।

विश्व खाद्य कार्यक्रम डब्लु एफपीले गोरखा लाप्राकका भूकम्प पीडितका लागि वितरण गरेको कुहिएको चामलको अवस्थाबारे अनुगमन गर्न लाप्रक पुगेका समितिले दुई दिनभित्र त्यहाँ महामारी फैलन सक्ने आशंका गरेको हो ।

त्रिपालभित्र भण्डारण गरेर राखिएको चामलमा झिंगा भन्किरहेको र निकै परसम्म दुर्गन्ध फैलिएको टोलीमा सहभागी सभासद उषा गुरुङले बताउनुभयो । भूकम्प पीडितलाई बाँड्नका लागि त्यहाँ र्पुयाइएको ४ सय ५७ बोरा चामलमध्ये १ सय २० बोरा चामल पूर्ण रुपमा कुहिएको पाइएको उहाँको भनाई छ ।

लाप्राकमा कुहिएको चामल बाँडिएको समाचार सार्वजनिक भएपछि विपद व्यवस्थापन समिति अन्तर्गत सभासद भानुभक्त ढकाल नेतृत्वको टोली लाप्राक पुगेको हो । ढकाल र गुरुङ सहित संसदीय टोलीमा सभासद दलबहादुर श्रीपाली पनि रहनुभएको छ ।

टोलीले आज गोरखाको मझुवा देउरालीस्थित विश्व खाद्य कार्यक्रमले चामल भण्डारण गरेको ठाउँको अध्ययन गरी सदरमुकाममा सर्वपक्षीय छलफल गर्ने सभासद गुरुङ जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी