डब्लूएफपीको गोदाममा अखाद्य दाल फेला

डब्लूएफपीको गोदाममा अखाद्य दाल फेला

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

काठमाण्डौ,६ असार ।

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)को गोदाममा ५ सय १४ मेट्रिक टन अखाद्य दाल फेला परेको छ । बाँकेको खजुरामा डब्लूएफपीले भण्डारण गरेर राखेकोे ५ सय १४ मेट्रिक टन खेसरीको दाल कुहिएको अवस्थामा फेला परेको सभासद संजय गौतमले जानकारी दिनुभयो ।

गोरखामा केही दिन अघि अखाद्य चामल भेटिएको समाचार सार्बजनिक भएलगतै संसदीय टोली अनुगमनका लागि सो क्षेत्रमा गएको थियो । संसदीय टोलीले गरेको अनुगमनमा ५ सय १४ मेट्रिक टन खेसरीको दाल कुहिएको अवस्थामा फेला परेको सभासद संजय गौतमले बताउनु भयो ।

दालमा किरा परेको, कुहिएको र खानै नमिल्ने अवस्थामा रहेको सभासद गौतमले जानकारी  दिनुभयो । नेपालमा विपत परेका बेला विभिन्न क्षेत्रमा वितरण गर्न भन्दै डब्लुएफपीले खजुराको कपास विकास समितिको गोदाममा दाल भण्डारण गरेर राखेको थियो ।

केन्द्रबाट खटिएको संसदीय अनुगमन टोलीमा गौतमसंगै दलबहादुर सुनार र श्रीप्रसाद जबेगु लगायत रहनु भएको छ । यस्तै गोरखामा खटिएको अनुगमन समितीले पनि कुहिएको चामल फेला पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी