जाली नोटका नाइके दुई देशका सुराकी

जाली नोटका नाइके दुई देशका सुराकी

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 काठमाडौं, ६ असार ।

भारतीय नक्कली रुपैयाँ कारोबारमा जेलसजाय सुनाइएका व्यक्तिले नेपाल र भारत दुवैतिरका सुरक्षा अधिकारीलाई गुमराहमा पारेर लामो समयदेखि उनीहरुकै सुराकी सहयोगीका रुपमा काम गरिरहेको खुलेको छ ।

नक्कली नोटका फरार अभियुक्त बारा, प्रस्टोकाका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो टोलीले जेठ ३० गते ललितपुर, सातदोबाटोबाट पक्राउ गरेको थियो ।

व्युरो स्रोतका अनुसार प्रहरी अनुसन्धान क्रममा अन्सारीले दुवै देशका सुरक्षा अधिकारीका लागि सुराकीको काम गरिरहेको रहस्य फेला परेको हो ।

अन्सारीलाई ललितपुर जिल्ला अदालतले २०६७ मा नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको ठहर गर्दै २ करोड ६१ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला सुनाएको थियो । अन्सारी पक्राउ नपर्दा अदालतको फैसला अलपत्र थियो।

फैसला कार्यान्वयनमा सघाउन ब्युरोले गठन गरेको प्रहरी टोलीको फन्दामा परेपछि मात्र अन्सारी नक्कली भारुको कारोबारकै बेला नेपाल र भारतका सुरक्षा अधिकारीका लागि सूचना दिने ‘डबल एजेन्ट’ का रुपमा सक्रिय रहेको भेटिएको प्रहरी दाबी छ।

फैसलापछि फरार सूचीमा रहेका अन्सारी नेपाली र भारतीय दुवै सुरक्षा अधिकारीको निरन्तर सम्पर्कमा रहेर काम गरेको प्रहरीले ‘केरकार’ क्रममा खुलाएको हो।

अनुसन्धान अगाडि बढ्दै जाँदा नेपालका सुरक्षा अधिकारीसँगै सीमावर्ती क्षेत्रमा भारतीय प्रहरी अधिकारीसँग यिनको बाक्लै सम्बन्ध रहेको मात्र खुलेन, काठमाडौंस्थित भारतीय दूतावासका अधिकारी र नेपालको गृह मन्त्रालयका अधिकारीसम्म उनको सहज पहुँच रहेको तथ्य फेला पर्यो।

उच्च स्रोतका अनुसार अन्सारीको साथबाट भारतीय दूतावासका अधिकारीले सूचना संकलन गर्न टिपाएका केही नेपाली नागरिकका नामसमेत फेला पर्यो भने फरार रहेकै अवधिमा उनले गृहमन्त्रीका निजी सहयोगीमार्फत सिंहदरबारभित्रै पुगेर दुईपटक गृहमन्त्री वामदेव गौतमसँग भेटेको समेत फेला परेको छ। आजको नागरिक दैनिकमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी